Friday, September 18

उज्यालो, हुन नपाउँदै, शोकमा, डुब्यो, ढोरपाटन : धेरैको, परिवार खोसियो, काख, रित्तियो,

September 5, 2020 182

गलकोट – बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो । धेरै वस्तीहरु बगरमा परिणत भए धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप¥यो ढोरपा टन नगर पालिका–७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पु¥याएको छ । मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे,सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ ।ढोरपाटन –९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोला मा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने अझै २४ वेपत्ता रहेका छन् । शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।बिहीबार बिहानैदेखि सुरक्षा निकाय तथा स्थानीय उद्धा रमा जुटिरहेका छन् । भूजी खोला आसपासका बस्ती अधिकांश बगरमा परिणत भएको स्थानीय रुपाल घर्ती मगरले जानकारी दिनुभयो । “कल्पना भन्दा बाहिरको बाढी आयो, रातको समयमा पहिरोले खोला थुनिएपछि तलाउँ बनेर फुटेको हुन सक्ने हाम्रो अनुमान छ” उहाँले भन्नुभयो “मेरो घर भन्दा माथीका अधिकांश
बस्तीनै उजाडिएको छ ।” पहिरोका कारण ढोरपाटन –९ सुप्राङका सुस्मिाता बिक र मशेह बि.क.ले आफ्नो ८ जनाको परिवार गुमाउनुपरेको छ । उनीहरु अझै वेपत्ता रहेका छन् । यस्तै शेरु बि.क, हुमे बि.क, कृष्ण बि.कको परिवारका सदस्यहरु खोसिएका छन् । प्रहरीको तथ्याङ्क एकीन नहुँदा झनै समस्या

भएको हो । भेटिएका शव आफ्नै परिवारको भन्ने अवस्था नरहेको कृष्ण परियारले बताउनुभयो । “कोहीको टाउँको छैन, कोहीको हात खुट्टा छैन” उहाँले भन्नुभयो “बाढीले बस्ती संगै सबैलाई रित्तो बनायो, आफ्नै परिवार पहिचान गर्न नसक्नेगरी शव फेला परेको छ ।”मस्त निद्रामा परेको गाउँ बिहान हुन नपाउँदै रित्तिएपछि सिंगो बागलुङ नै शोकमा डुबेको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीबल खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । “घटना निकै ठूलो भएका कारण उद्धार कार्यलाई निरन्तरता दिइनेछ, वेपत्ताको तथ्याङ्क एकीन नहुँदा उद्धारमा कठिनाई भएपनि निरन्तर सुरक्षा निकाए खटिएको छ ।” उहाँले भन्नुभयो “घटनास्थलमा पुग्ने सडक समेत अबरुद्ध भएका कारण थप कठिनाई
भएको छ ।”केहीले बाढी आएको सूचनाका आधारमा भागेर ज्यान बचाउन सफल भएपनि बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओच्छाउने बगाएको छ । भेटिएका शव मध्ये सात जनाको मात्रै पहिचान भएको छ । ढोरपाटन ९ बाट सुरु भएको बाढीले वडा नं ८ र ७ मा पनि ठूलो क्षति पु¥याएको छ । भुजीखो लामा उर्लिएर जमिन थर्कने गरी आएको चर्काे आवाजले विउ झिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतिक रुपमा क्षति भएपनि खोलाको तल्लो भेगमा मानवीय क्षति कम भएको ढोरपाटन– ७ का वडा अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।तेसैगरी बाढीमा ढोरपाटन –९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन् । उनीको शरीर र टाउकोमा चोट लागेको छ । यस्तै सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र५४
वर्षी या बेलमती पुन सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकु मार नेपालीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण र करिब ७० घरमा आशिंक क्षति पु¥याएको छ ।बाढीपहिराबाट मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन मागनेपाली काँग्रेसले बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापन गरी राहत विवरण र मृत्यु भएका

घरपरिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।काँग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबानको क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानलाई पहिचान गरी त्यहाँका नागरिकलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।प्रमुख सचेतक बालकृष्ण खाँणले सो विषयमा काँग्रेसले संसद्मा आवाज उठाउँदै, विभिन्न समयमा प्रेस विज्ञप्तिमार्फत एवं मौखिमरुपमा समेत सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि सरकारले यस विषयलाई गम्भीररुपमा नलिएको आरोप लगाउनुभएको छ ।यस वर्षको वर्षायाम शुरु भएदेखि देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका दुःखद् घटना घटिरहेका छन् । यस वर्षमा बाढी, पहिरो तथा डुबानमा परी करिब ३०० जना व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २०० जनाभन्दा बढी घाइते भएका छन् । त्यसैगरी कैयौँ व्यक्ति हालसम्म बेपत्ताको स्थितिमा छन् ।केही दिनअघि मात्र बागलुङ र कालिकोटमा ठूलो मानवीय क्षति हुने गरी बाढी र पहिराका घटना घटेका छन् । बागलुङको ढोरपाटनमा बुधबार राति गएको बाढीमा परी करिब १५ जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते र २३ जना बेपत्ता तथा करिब ३१ घरपरिवार प्रभावित भएका छन् । यसैगरी पहिरा मा परी कालिकोटको तिलागुफामा १० जनाले ज्यान गुमाउनुका साथै दुई जना घाइते र नरहरीनाथमा एक जनाको मृत्यु भएको थियो ।काँग्रेसले बागलुङको बाढीमा परी बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन साथै कालिकोटलगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरी राहत विवरण र मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।साथै बाढी, पहिरो र डुबानमा परी घाइते हुनुभएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण जीवन गुमाउनु भएकाप्रति काँग्रेस संसदीय दलले श्रद्धाञ्जलि अर्पण गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।*

प्रतिकृया दिनुहोस्