Saturday, November 28

२४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ४०८ संक्रमित

September 5, 2020 187

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १५६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित रु

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५-३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०-२० जना, सर्लाही र गोरखाका १७-१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३-१३ जना, पर्सा र धादिङका १०-१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७-७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६-६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५-५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३-३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २-२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्