Friday, May 14

२४ घण्टामा ९८० जनामा कोरोना संक्रमण : १८ सय १४ डिस्चार्ज

September 6, 2020 264

संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा २९० महिला र ६९० पुरुष गरेर ९८० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। पछिलो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्।

२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ।

Annapurna_Post

प्रतिकृया दिनुहोस्