Friday, September 18

भदौ २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

September 7, 2020 162

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशन्सा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ । त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित पनि भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।

प्रतिकृया दिनुहोस्