Thursday, October 29

राशि अनुसार तपाईको लागि कस्तो रहला यो हप्ता असोज १ गते देखी 7 बुधवार सम्मको

September 18, 2020 185

मेष राशि
यो हप्ता क्रोध तथा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। रोजगारी क्षेत्रमा यो हप्ता अत्यन्त शुभ समय रहनेछ। मिहेनत अनुसार सफलता प्राप्त हुनेछ। व्यापार व्यवसायीहरुको लागि समय अत्यन्त शुभ रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि भ्याने समय उत्तम छैन। हप्ताको अन्त्यमा यात्राको योग बन्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ।

वृष राशि
यो हप्ता अधुरा रहेका केहि कार्य सफलतापूर्वक सम्पन्न हुनसक्छ। जमीन तथा घर सम्बन्धि कारोबार गर्नको लागि समय उत्तम देखिन्छ। परिवारको साथ यो हप्ता अत्यन्त रमणीय रूपले बित्नेछ। कार्यक्षेत्रमा कार्यभार बढ्नेछ साथै नयाँ अवसर परपर हुने देखिन्छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। व्यापार व्यवसायीहरुले आर्थिक समस्याको सामना गर्नु पर्ला। अधिक भागदौडको कारण शारीरिक रूपले थकानको महशुस होला।

मिथुन राशि
परिवारमा कलह तथा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। कार्यक्षेत्रमा समय अनुकूल नै रहनेछ। कार्य सफलता प्राप्त गर्न अत्याधिक परिश्रम गर्नु पर्ने देखिन्छ। स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ, ध्यान दिनुहोला। प्रेम सम्बन्धमा सुधार आउनेछ। अनावश्यक झै-झगडामा नपर्नुहोला। आफ्नो क्रोध तथा वाणीमा संयम राख्न अत्यन्त जरूरी हुन्छ।

कर्कट राशि
नयाँ कार्य सुरु गर्नु अघि र केहि महत्वपूर्ण निर्णय लिनु अघि राम्रोसँग सोच-बिचार गर्नुहोला। रोजगारको खोजीमा रहेका मानिसले शुभ समाचार प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक रूपले स्थिति थोरै नकारात्मक हुनसक्छ। पारिवारिक जीवनमा सुख-शान्ति कायम रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ।

सिंह राशि
व्यापार व्यवसायीहरुले राम्रो सफलता प्राप्त गर्नेछन्। नयाँ कार्य प्रारम्भ गर्नको लागि पनि समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। कार्यभार कम हुनाले मानसिक तनाब घट्नेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहने देखिन्छ। आर्थिक रूपले यो हप्ता सामान्य रहनेछ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ।

कन्या राशि
हप्ताको सुरुमा परिस्थिति केहि प्रतिकूल रहनेछन्। परिवारमा तनाबको स्थिति उत्पन्न हुनसक्छ। तपाईको उग्र स्वभावको कारण समस्या आउनसक्छ, क्रोधमा संयम राख्नुहोला। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार व्यवसाय क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। आर्थिक रूपमा यो हप्ता त्यहि राम्री नरहला। आर्थिक समस्याले सताउन सक्छ। परिवारको अग्रजको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ।

तुला राशि
यो हप्ता तपाईंको मनोबल तथा आत्मविश्वास उच्च रहनेछ। कार्यक्षेत्रमा समय मध्यम रहनेछ, केहि विपरित परिस्थितिको पनि सामना गर्नु पर्ने हुनसक्छ। हप्ताको अन्त्यमा भने महत्वपूर्ण कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापरीको लागि यो पूरै हप्ता अत्यन्त शुभ रहने देखिन्छ। अधुरा रहेका कार्य सम्पन्न हुनेछन्। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। जीवनसाथीसँगको प्रेममा वृद्धि हुनेछ।

वृश्चिक राशि
तपाईंको लागि यो हप्ता मिश्रित फलदायी रहनेछ। हप्ताको सुरुमा परिस्थिति अनुकूल रहनेछन्। कुनै पनि कार्य सरलतापूर्वक सम्पन्न हुनेछन्। हप्ताको मध्यमा भने केहि समस्याको सामना गर्नु पर्ला। अचानक समस्या आइपर्नाले मन चिन्तित रहला। व्यापार व्यवसाय क्षेत्रमा समय प्रतिकूल रहने देखिन्छ। आर्थिक हिसाबले यो हप्ता तपाईंको लागि नकारात्मक रहला। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। खान-पानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्य राम्रो रहनेछ।

धनु राशि
आर्थिक समस्याको समाधान हुनेछ। आकस्मिक धन लाभको योग रहेको छ। परिवारका सदस्यको साथ मदभेद हुनसक्छ। आमा-बुवाको स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ। व्यापार व्यवसायीको लागि यो हप्ता सामान्य रहनेछ। स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ। ग्रहको स्थितिले गम्भीर रोग तर्फ इशारा गरेको छ।

मकर राशि
हप्ताको सुरुमा परिस्थिति अनुकूल नहुन पनि सक्छ। मन चिन्तित रहनेछ साथै नकारात्मक भावना उत्पन्न हुनसक्छ। कार्यक्षेत्रमा पनि समय अनुकूल नरहला। व्यापार व्यवसायीको लागि पनि समय प्रतिकूल रहनेछ। कडा परिश्रम पश्चात पनि सफलता नमिल्दा मन चिन्तित रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उचित छैन। हप्ताको मध्यमा भने परिस्थितिमा सुधार आउनेछ। आर्थिक लाभ मिल्ने देखिन्छ। परिवारमा सुखमय वातावरण रहनेछ।

कुम्भ राशि
तपाईंको लागि यो हप्ता शुभ रहनेछ। कार्यक्षेत्रमा पदोन्नती प्राप्त हुनसक्छ। आयमा वृद्धि हुनेछ। आकस्मिक धन लाभ हुने सम्भावना रहको छ। साथी-भाईबाट भरपूर सहयोग मिल्ने देखिन्छ। पारिवारिक जीवनमा सुख-शान्ति कायम रहनेछ। वैवाहिक जीवनमा उत्तम खुसीको अनुभूति गर्नुहुनेछ। जीवनसाथीसँग निकटता बढ्नेछ। स्वास्थ्यमा भने केहि समस्या देखा पर्न सक्छ।

मीन राशि
कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। पदोन्नतीको योग रहेको छ। व्यापार व्यवसायीहरुले आर्थिक लाभ प्राप्त गर्नेछन्। नयाँ कार्य प्रारम्भ गर्नको लागि समय शुभ रहनेछ। कार्यमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। परिवारका सदस्यसंगको सम्बन्धमा सुधार आउनेछ। वैवाहिक जीवनमा उतार-चढाव आउनसक्छ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी रहेको छ।

प्रतिकृया दिनुहोस्