Thursday, October 29

कुन राशिको लागी कस्तो छ यो साता, हेर्नुहोस् तपाइको साप्ताहिक राशिफल (भदौ ३ गते देखी ९ गते सम्म )

September 20, 2020 175

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समय मध्ययम रहेकोछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ । मंगलबार दिउसोबाट बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।स्रोत साधन जुट्नाले व्यावसायमा लगानी वढाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलबारबाट व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ ।

ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ ।

बुधबार र बिहीबारसम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । आफुलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ ।

राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाएपनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिती रहनेछ । शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । मंगलबारबाट धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ ।प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रश्ताब आउँने तथा आम्दानीमा बृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ ।अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग वि-वाद बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ ।दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ ।बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसाय जस्तै औषधीजन्य र दैनिक उपभोग्य सामानको खरिदबिक्रिबाट नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ भने प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।बुधबार र बिहीबारसम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढिला सुस्तिको चपेटामा परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले बिलम्ब हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । धर्म तथा अध्यात्मसँग सम्वन्धीत बिषयमा रुचि बढ्नेछ । विशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा काम गर्ने व्याक्तिहरु सफल मानिन्छन् ।

प्रतिकृया दिनुहोस्