Wednesday, October 21

परदेशमा भएको बाबालाई दशैंमा लगाउने लुगा मगाएकी सम्झनाले अब कहिल्यै त्यो लुगा लगाउन पाउने छैनिन्

September 28, 2020 258

बझाङ्ग । ‘बबा मलाई यो दशैंमा लगाउने राम्रो लुुगा ल्याईदिनुस् है । अनि मोबाईल र किताब राख्ने झोला पनि ।’ नजिकिंदै गरेको दशैंमा नयाँ लुुगा लगाउने र नयाँ झोलामा किताब राखेर स्कूल जाने सपना सम्झनाको सधैंकालागी सपनामै सिमित भईदियो ।

बझाङ्गको मष्टा गाउँपालिका २ खिकाला गाउँमाकी १२ वर्षीया सम्झनाले यो दशैमा घर फर्कदै गरेका आफ्ना बुवालाई आफु राम्री देखिनकोलागी नयाँ लुुगा मगाएकी थिईन् । आफ्नै फोनबाट फोटो खिच्नकोलागी उनले लुगासंगै मोबाईल पनि मगाएकी थिईन् । यति मात्रै हैन एउटा जेहेन्दार छात्रा भएको नाताले उनले अरु कुरा माग्नुको साटो स्कूल जाँदा किताब बोक्ने राम्रो झोला मगाएकी थिईन् ।

आफ्नालागी महत्वपुर्ण सामान मगएकी सम्झना नै आज यो संसारमा छैनिन् । परदेशमा रेका बुवालाई सामान मगाएको ४ दिन मात्रै भएको थियो उनी अस्ताईन् । छोरीले मगाएको सामान उता उनका बाबुले किन्न पाएका थिएनन् होला यता सम्झनाले यो संसार छोडिन् । परदेशिएको बुवा आमा घर फर्कन नपाउँदै छोरीको नि र्म म ता पुर्वक ज्या न गएको समाचार सुन्दा सम्झनाको बुवाआमामाथि के बितेको होला यो कुरा सजिलै अनुमान गर्न सकिने कुरा हो ।

सम्झनाले यो संसार कुनै बाध्यतामा छोडेकी हैनिन् । न त उनलाई कालले नै लगेको हो । उनको मृत्युको कारण सुन्दा जो कोहीको रौं ठाडो हुन्छ । अनि उनलाई अकालमै काल दिने त्यो ब्यक्तिलाई जोकोहीले पनि सजायको माग गरिरहेको छ । सम्झानाको मृत्युको खबर र कारणले यतिबेला समाजिक सञ्जाल तरिंगित बनिरहेको छ । नेपालका ठुलादेखि साना मिडियाहरुले उनको मृत्युको खबरलाई फ्रन्ट पेजमै स्थान दिईरहेका छन् । यसका साथै प्रश्न उठि रहेको छ । के सम्झनाको परिवारले न्याय पाउन सक्लान् त ?

सम्झना आफ्ना कक्षाको एउटा जेहेन्दार विद्यार्थी थिईन् । उनी गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन् । बुधबार दिउँसो करिब १२ बजेको समय थियो । परिवारका तीन बहिनी र हजुरआमा सँगै बसेर सम्झानाले दिउँसोको खाना खाएकी थिईन् । यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो सम्झना र उनको परिवार सबैकालागी ।

खाना खाएर घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन् सम्झना । तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन् । फिल्मि स्टाईलमा उनको अपहरण गरियो र नजिकैको मन्दिरमा लगेर मन्दिर भित्रै उनको ब ला त्का र गरियो । यति मात्रै हैन ब ला त्का र पछि सम्झनालाई मारियो पनि । आजको दिनसहित सम्झनाको ह त्या भएको ५ दिन भएको छ । यो खबरले सम्झनाको गाउँमात्र हैन सिंगो देश ने सतब्ध बनेको छ । सुन्दै शरिर नै काप्ने यो घटनाले न्यायलयमा प्रश्न उब्जाएको छ ।

घटना स्थलमा जब सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँ सि या सिम देवताको मन्दिर नजिक भेटियो अनि मन्दिरभित्र ब ला त्का रपछि सम्झानाले नै बोकेको हँ सि याले उनको टाउको र शरीरमा हानेर उनलाई मा रि एको हो भन्ने खबरले अहिले सिंगो देश नै अ प रा धि लाई कार्वाहीको माग गरि रहेको छ ।

निर्मला ह त्या प्र क र णमा रहेको दो षिलाई अहिलेसम्म नेपाल सरकारले पक्रन नसकेको जस्तो सम्झनाको यो घटनामा नहोस् भनेर चौतर्फि दबाब र आवजहरु एठी रहेका छन् । यो घटनामा संलग्नलाई प्रहरीले शंकाको आधारमा त गिरफ्तार गरेको छ तर आशा गरौं अ प रा धि चाँडै ने समातिने छ र उस्ले नेपालको कानुन अनुसारको सजाय अवश्य पाउने छ ।

प्रतिकृया दिनुहोस्