Sunday, October 25

२४ घन्टामा ३ हजार ४३९ जनामा कोरोना संक्रमण

October 7, 2020 66

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। आज गरिएको १४ हजार २०९ नमुना परीक्षण गर्दा ३ हजार ४३९ संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्र १ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ।

२५ हजार ७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।
२४ घण्टामा देशभर कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ पुरुष, सिराहाका एक महिला, रौतहटका एक महिला, काठमाडौंका दुई महिला र ४ पुरुष, ललितपुर, चितवन, रुपन्देही, नवलपरासीका एक/एक पुरुष र दाङका एक महिला रहेका छन्।

बुधबार थप ११२६ जना निको भएपछि निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको ६८ हजार ६६८ पुगेको छ।

प्रतिकृया दिनुहोस्