Wednesday, October 21

संक्रमितको संख्यामा फेरि उछाल, अहिलेसम्मकै सर्वाधिक ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि

October 8, 2020 72

काठमाडौं, २२ असोज । मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १२ जना, उदयपुरमा ३२ जना, खोटाङमा ४ जना, झापामा ५५ जना, धनकुटामा ३ जना, मोरङमा २ सय ४९ जना, ओखलढुंगामा ४ जना, संखुवासभामा ३ जना, सोलुखुम्बुमा २ जना र सुनसरीमा २ सय १४ जनामा पुष्टी भएको छ । यस्तै, प्रदेश २ को धनुषामा २८ जना, पर्सामा ११ जना, बारामा १४ जना, महोत्तरीमा ७ जना, रौतहटमा १८ जना, सप्तरीमा २५ जना, सर्लाहीमा १४ जना र सिरहामा ४८ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा २ हजार ८५ जना, काभ्रेमा २९ जना, चितवनमा ६९ जना, दोलखामा १ जना, धादिङमा ७१ जना, नुवाकोटमा ३ जना, मकवानपुरमा १ सय ५ जना, रामेछापमा ५ जना, भक्तपुरमा १ सय ३५ जना, ललितपुरमा ३ सय २० जना, सिन्धुलीमा ३ जना र सिन्धुपाल्चोकमा १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा १९ जना, तनँहुमा १० जना, गोरखामा ११ जना, नवलपरासी पूर्वमा २८ जना, लमजुङमा ३ जना, वागलुङमा १२ जना र स्याङजामा १३ जनामा संक्रमण देखिएको छ । यता, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७ जना, कपिलवस्तुमा ७ जना, गुल्मीमा १८ जना, दाङमा ५५ जना, नवलपरासीमा २१ जना, पाल्पामा २१ जना, प्युठानमा १ जना, बर्दियामा १० जना, बाँकेमा ५७ जना, रुपन्देहीमा १ सय ९९ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा ६ जना, जुम्लामा ६ जना, डोल्पामा ३ जना, दैलेखमा ४ जना, रुकुम पश्चिममा ५ जना, सल्यानमा ४ जना, सुर्खेतमा १ सय ६ जना र हुम्लामा ३ जनामासंक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १० जना, कञ्चनलपुरमा २१ जना, कैलालीमा ७५ जना, डडेल्धुरा, बझाङ र बैतडीमा १ ÷१ जना र डोटीमा ७ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्