Wednesday, October 21

उदयपुरमा कन्टेनर दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

October 8, 2020 76

अभिमन्यु लामिछाने
उदयपुर, २२ असोज । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना.५.ख. नम्बरको खाली कन्टेनर कटारी नगरपालिका- ८ सिरिसेस्थित दमाभीरमा दुर्घटना हुँदा कटारी – ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
कन्टेर करिब ५ सय मिटर तल खसेर ठुलो ढुङ्ग्गाले थिचिएको अवस्थामा रहेको र मृतकको शरीरलाई उद्धार गर्न प्रहरीलाई ६ घण्टा लागेको, आफू रातभर घटना स्थलमै रहेर उद्धार कार्यमा खटेको डिसपी भण्डारीले बताए ।

दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै विराटनगर पठाइएको भण्डारीले बताए ।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेकोले रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए ।
News24 Nepal

प्रतिकृया दिनुहोस्