Wednesday, October 21

छोरीको विवाह गर्ने उमेरमा ३७ वर्षीया आमा आफ्नै भान्जासंग हिडेपछि, छोरीले दिइन् यस्तो सन्देश (भिडियो हेर्नुस्)

October 9, 2020 123

काठमाडौं । आफ्नो विवाह गर्ने उमेरमा आमा नै भान्जासंग पोइला गएपछि जवान भएकी छोरी समस्यामा परेकी छन् । क्याम्पस पढ्ने उमेरका छोराछोरी छोडेर चितवनमा एक ३७ वर्षीया महिला आफ्नै भान्जासंग गएकी छन् । श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा थिए ।

उनी जुन दिन घर फर्किए सोही दिन उनकी ३७ वर्षकी श्रीमती घर छोडेर हिडिन् । श्रीमान भिम नेपाली साउदीवाट काठमाडौं आइपुग्दा सम्म पनि उनको श्रीमती माया नेपालीसंग कुराकानी भइरहेको थियो । भिमले काठमाडौं स्थित विमानस्थलमा ओर्लिएपछि श्रीमती मायालाई फोन गरेर कहाँ छौ ? भनेर सोधे त्यतीबेला उनले आफु घरमै रहेको बताउँदै आएका थिइन् ।

जव भिम घर पुगे श्रीमती माया आफ्नै भान्जासंग भागिन् । आमाले धोका दिएर गएपछि जवान तीन छोराछोरीलाई समाजमा लाजमर्दाे भएको छ । छोरीले यस अघि ति भान्जा आफ्नो घरमा आउने जाने गर्ने भएपनि कुनै त्यस्तो नराम्रो ब्यवहारका बारेमा भने आफुले थाहा नपाएको बताइन् । उनले भनिन् मलाई र भाइहरुलाई माया गर्थे, आमालाई माइजु भनेर बोलाउँथे कहिल्यै नराम्रो ब्यवहार भएको थाहा पाइन् ।

तर मायाको बहिनीले भने आफुलाई ति भान्जाको ब्यवहार नराम्रो लागेर धेरै पटक सम्झाएको बताइन् । ति भान्जाको ब्यवहार र स्वभाव नराम्रो भएका कारण उनले ति भान्जालाई यस अघि पनि सम्झाएको बताइन् । ति भान्जा दिनमा कम्तिमा तीन पटक सम्म घरमा आइरहन्थे । छोरीलाई पनि निकै माया गर्थे । केही वर्ष यता उनको ब्यवहार नराम्रो देखिएपछि उनले सम्झाएको बताइन् ।

बैदेशिक रोजगारीले अधिकांश नेपालीहरुको घरमा सन्पन्नता ल्याएको छ । आफ्नो खुसी विर्सेर परिवारका लागि भन्दै विदेश गएका युवाहरुका कारण धेरै नेपालीको भान्छामा चुलो बलेको छ । नेपालमा रेमिटयान्स भित्रिएको छ । तर सबै कुराको सकारात्मक र नकारात्मक पाटा भएजस्तै यसको पनि नकारात्मक पाटा तर्फका कुरा धेरै बाहिर आउन लागेका छन् ।

श्रीमती छोराछोरी र परिवारको खुसी खोज्न विदेश गएका युवाहरु घर फर्कदा घरमा न श्रीमती हुन्छिन् न त उनीहरुले विदेशमा कमाएको पैसा नै हुन्छ । मरुभूमीको तातो घाममा शरिर डढाएर फकिएका युवाहरुको घरवास उजाडिएका धेरै घटना सार्वजनिक भएका छन् । यो एक महिना भित्र त्यस्ता झण्डै आधा दर्जन घटना सार्वजनिक भएका छन् ।

साउदीमा रहेका ४२ वर्षीय भिम नेपाली घर फर्कदा उनको श्रीमती घरमा छैनन् । उनले कमाएको सम्पत्ती पनि छैन । उनले कमाएको २० लाख रुपैया लिएर श्रीमती आफ्नै भान्जासंग भागेको भिमले आरोप लगाएका छन् । दुई छोरा र एक छोरीकी आमा श्रीमानले कमाएको २० लाख रुपैया सहित हराएपछि भीम रुँदै मिडियामा आएक छन् । ३७ वर्षकी श्रीमती विवाह गरेको २० वर्ष पछि सम्पत्ती सहित हिडेपछि भिम रुँदै आएका हुन् ।

प्रतिकृया दिनुहोस्