Wednesday, October 21

शनिबार भुलेर पनि नगर्नुहोस् यस्ता काम(सबैले सेयर गर्नुहोस)

October 10, 2020 66

हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दीशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन। २. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्। ३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्। ४. दक्षिण(पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ। ६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्। ७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ। ८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

९. दक्षिण( पूर्व कोणमा बस्दा मान(सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ। १०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ। ११. शनिबारको दिन पिपल वृक्षलाई चिनी(पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।

यो पनि:बझाङमा बालिका एवं किशाेरीहरू भागेर बिहे गर्ने क्रम राेकिएकाे छैन । साईपाल गाँउपालिकामा सानै उमेरमा बालविवाह गरिदिने र कतिपय किशोर-किशोरीहरुले आफै भागेर बाल विबाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न गाँउपालिकाले नयाँ नीति ल्याएकाे छ ।

साइपाल गाँउपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई पुरुस्कार दिने निर्णय गरेको छ । जिल्लाकै विकट र सदरमुकामबाट ४ दिनको पैदल यात्रमा पुगिने साइपाल गाँउपालिकाले बालबिवाह राेक्न यस्तो कदम उठाएको गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।

विद्यालय जाने उमेर समुहका बालबालिका रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरु बालविवाहको विरुद्ध लागिपरेको र अहिलेसम्म २ बालिकालाई उद्धार गरी माईती घरमा नै ल्याउन सफल भएको साइपाल गाँउपालिका वडा नं. ४ स्थित धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो ।

साइपाल गाँउपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई सम्मान स्वरुप २० हजार नगदसहित सम्मान गर्ने कार्यक्रम लागु गर्ने भएको छ । साथै गाँउपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी का र्वाही गर्ने गाँउपालिकाको नीति छ ।

गाँउपालिकामा विगतदेखि नै बालविवाह गर्ने प्रचलन भएको र यसलाई कम गर्नका लागि आफुहरुले थुप्रै प्रयास गरेको बताउँदै साइपाल गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित पार्न र जनचेतना विकास गर्नका लागि गाँउपालिकाले यस्तो निर्णय गरेको हो ।

भागेर पाेइल गएकी बालिका फिर्ता ;छोरासँग भागेर आएकी बालिकालाई ‘पोइली’ पक्षले बालिकाको माइतीमा नै फिर्ता गरेका छन् । साईपाल गाँउपालिका वडा नम्बर ४ की १६ वर्षिया एक बालिका मष्टा गाँउपालिमा वडा नम्बर २ का १९ किशाेरसँग भागेर आएकी थिइन् ।

असोज १४ गते उनले आफ्नो घरमा भित्र्याएकी बालिकालाई केही दिनमा नै माइत फिर्ता गरिएकाे हाे । भागेर आएको भोलिपल्ट धुली माविका प्राध्यानाध्यपक नवराज जोशीले बालिकालाई फिर्ता गर्न आग्रह गर्नुभयाे । बालिका फिर्ता नगरे प्रहरीकहाँ बालविवाहको उजु री दर्ता गर्ने भनेपछि बालकका आमाबुवाले बालिकालाई फिर्ता गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

यता बालिकाका आमाबुबालाई छोरी फिर्ता गर्न आग्रह गर्दा आमाबुबाले विवाह गर्न भनेर भागेर अर्काको घर गएकी छोरी आफुहरुका लागि मरेसमान भएको भन्दै फिर्ता नबोलाउने अडान लिएका थिए । तर प्रध्यानाध्यापक जोशीले यदि छोरीलाई फिर्ता नल्याएमा बालविवाह सम्बन्धी उ जुरी गरेर प्रहरीको जिम्मा लगाउने भनेपछि २० असोजमा बालिकालाई माइतीघरमा नै ल्याएका हुन् ।

पोइल गएकी बालिकाको पढाई खर्च भने पोइली पक्षले नै बेहोर्नुपर्ने भएको छ । बालिकाका पोईली पक्ष, माईती पक्ष र विद्यालयका प्रधानाध्यापक लगायत अन्य केही जनप्रतिनिधिहरुले बसेर बालिकाको पढाई खर्च पोइली पक्षले बेहोर्नुपर्ने सहमति गरेका हुन् ।

बालिकालाई तत्कालका लागि माइती घरमा पठाएको भए पनि २० वर्षपछि ती बालिकाले अहिले भागेर आएकै बालकसँग बिहे गर्ने बाटो भने खुल्लै रहनेछ । २० वर्ष नपुगुन्जेल माईती घरमा नै बस्ने र २० वर्ष पूरा भएपछि मात्रै विवाह गरिदिने दुवै पक्षबीच सहमति भएको जोशीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्