Wednesday, October 21

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ(ॐ नमः शिवायः)

October 12, 2020 57

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै निम्न पाँच काम गर्नाले पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२.दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३.त्यस्तै सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिं गको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।४. सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिं गमा दूध चढाउनुपर्छ ।

उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्र द्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

यो पनि:नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्।क्वारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागो जानुअघि सन्दीपले उक्त सहयोगको प्रतिबद्धता जनाएका थिए। सहयोग रकम आज हस्तान्तरण गरिएको हो। सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले आज रकम हस्तान्तरण गरेका हुन्।

को भिड-१९ महामा रीका कारण समस्यामा परेका कर्मचारीलाई सन्दीपले राहतस्वरूप रकम प्रदान गरेका हुन्। ‘‘सन्दीप फर्किन ढिला हुने भयो। त्यसैले यस्तो अवस्थामा अप्ठ्यारोमा परेका कर्मचारीहरूलाई रकम हस्तान्तरण गरिएको हो,’’ सिवाकोटीले भने।

क्वारेबियन लिग खेलेर फर्किएका सन्दीप अहिले आईपीएल खेल्न दुबईमा छन्। सन्दीपको टीम दिल्ली क्यापिटल्स लिग चरणमा ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। दिल्लीले आजै मुम्बई इन्डियन्सविरु द्ध खेल्दै छ।

तथापि, सन्दीपले यस सिजन टीममा स्थान बनाउन संघर्ष गरिरहेका छन्। सन्दीपले यसअघि कोभिड-१९ रोकथामका लागि सरकारले स्थापना राहत कोषलाई एक लाख रूपैयाँ सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्