Wednesday, October 21

काठमाडौं उपत्यकामा २२ सय ८३ संक्रमित थपिए, कुल संक्रमितको संख्या ४४ हजार नाघ्यो

October 12, 2020 57

काठमाडौं, २६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८३ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ८ सय ८८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ७७ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४४ हजार १ सय ७१ पुगेको छ । काठमाडौंमा ३५ हजार ३ सय ६६ जना, ललितपुरमा ५ हजार ३५ , भक्तपुरमा ३ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस्
काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली कांग्रेसले चुनौती दिएपछि डा. भट्टराईले छानविनको माग गर्नुभएको हो ।

पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गर्नुभएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटरमा बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको दावी गर्नु भएको थियो । त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको भट्टराईको जिकिर थियो ।

मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टराईले लगाएको आरोपलाई लिएर सामाजिक सञ्चालमा ओली, प्रचण्ड र देउवामाथि प्रश्न उठेको छ ।

 

प्रतिकृया दिनुहोस्