Thursday, October 29

काठमाडौं उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित

October 13, 2020 58

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् ।
यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

सलमान खानले देखाए फेरी एकपटक दा’दा’गिरी, दिए पत्रकार अर्नब गोस्वामीलाई खुलेआम ध’म्की

एजेन्सी । बलिउडका भाईजान सलमान खानले भारतीय पत्रकार अर्नव गोस्वामीलाई खुलेआम ध’म्की दिएका छन् । उनले पत्रकार गोस्वामीलाई सुशान्त केसमा आफ्ना नाम जोडेको विषयलाई लिएर सस्तो लोकप्रियताकोलागी भद्या पत्रकारीता नगर्न ध’म्की दिएका हुन् ।

सलमानले बिगबोस १४ को कार्यक्रममा सहभागीहरुलाई सम्झाउने क्रममा पत्रकार अर्नवलाई यस्तो ध’म्की दिएका हुन् । बिगबोसका सहभागीहरुलाई सम्झाउने त केवल एउटा बहाना मात्रै हो यो उनले पुरै पुरै पत्रकार अर्नव गोस्वामीलाई कटाक्ष हान्दै ध’म्क्या’एको भारतीय मिडयाहरुले बताएका छन् ।

अचम्मको कुरा त के भने सलमानले यस पटक खुलेआम पत्रकार गोस्वामीलाई ध’म्का’उँदा उनी निकै शान्त स्वभावमा प्रस्तुत भएका थिए । उनले सहभागीहरुको काँधमा बन्दु राखेर गोस्वामीलाई चलाएका थिए । यसलाई बलिउडमा उनको जीवनकालकै पहिलो शालिन गु’ण्डा’गर्दी मानिएको छ ।

पत्रकार अर्नवप्रति सलमानले दिएको डिप्लोमेसीपुर्ण ध’म्कीलाई अर्नवका फ्यानहरुले कडा आलोचना गरेका छन् । यसै विषयलाई लिएर रिपब्लिक भारत र अर्नवका पक्षधरहरुले सलमानले यसरी पत्रकारलाई निशाना साँध्न नहुने टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्