Wednesday, October 21

आदित्य नारायणले गरे आफ्नो प्रेमीकाको खुलासा, को हुन् उनी ? जस्ले लाखौं युवतीलाई पछि पारिन्

October 13, 2020 99

एजेन्सी । आदित्य नारायण झा गायक मात्र नभई उनी लाखौं युवतीहरुको ढुकढुकी पनि हुन् । आदित्यसंग डेटमा गएर एक कप चिया पिउन तयार हुन्छन् लाखौंको संख्यामा युवतीहरु । तर आजसम्म आदित्यको कसैसंग क्रस भएको खबर बाहीरिएको थिएन ।

केही समय पहिले गायिका नेहा कक्कडसंग उनको सम्बन्धको चर्चा चल्यो । तर पनि सबैलाई थाहा भयो कि उनीहरु एउटा राम्रो साथी मात्र रहेछन् भन्ने कुरा । यो कुराको प्रमाण गायिका कक्कडको पंजाबका गायक रोहनप्रीतसंग इगेजमेन्ट र विबाहको विषयले प्रष्ट पारिदिएको छ ।

सबैको ढुकढुकी बन्न सफल भएका गायक आदित्य नारायणले आफु प्रेमिका श्वेता अग्रवालसंग प्रेम सम्बन्धमा रहेको बताएका छन् । यति मात्र हैन आदित्यले प्रेमीका श्वेतासँग यसै वर्ष विवाह गर्ने तयारी गरेको पनि जानकारी दिएका छन् ।

एक अन्र्तर्वाताको क्रममा आफ्नो १० वर्ष पहिलेको प्रेम सम्बन्धलाइृ अब वैवाहिक बन्धनमा बाधिन तयार भएको बताएका थिए । आदित्यको यो जोडीको पहिलो भेट २०१० मा फिल्म शापितको सेटमा भएको थियो ।

आदित्यले भनेका छन, ‘सुरुवातमा राम्रो साथी थियौं । दुवैजनाको उमेर सानै थियो, दुवैजनाले करियरमा फोकस गर्न चाहान्थ्यौ ।’ उनले यसै वर्ष विवाह गर्ने जानकारी दिँदै भने, ‘श्वेतालाई परिवारले पनि मन पराएको छ ।

प्रतिकृया दिनुहोस्