Wednesday, October 21

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

October 15, 2020 51

२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।
३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।

यो पनि पढ्नुहोस्

नयाँ मन्त्रीले सपथ खाएकै दिन सचिवहरुको व्यापक सरुवा, कुन मन्त्रालयमा को ?
कोरोना महामारीबारे कुनै छलफल भएन

२९ असोज काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।

मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए ।
तर देशमा बढिरहेको कोरोना महामारीका विषयमा भने कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए । ‘कोरोनाबारे छलफल भएन, सचिवहरुको सरुवा भयो, नयाँ मन्त्रीहरुलाई स्वागत गरियो, बैठकबारे जानकारी दिँदै एक मन्त्रीले अनलाइनखबरसँग भने ।

कुन सचिवको सरुवा कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिहीबारको बैठकले सरकारका प्रवक्ता तोक्ने र कोरोना नियन्त्रणका लागि ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीको जिम्मेवारीबारे पनि छलफल हुने अनुमान गरिएकोमा सो विषयमा पनि छलफल नभएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थमन्त्री, लीलानाथ श्रेष्ठलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृष्ण गाोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीले आफैं रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पोखरेललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी तोकिएको थियो । त्यस्तै महिला मन्त्री पार्वत गुरुङलाई सञ्चारमन्त्री बनाइएको थियो ।

प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारप्रति प्रचण्ड र माधव नेपाल पक्षले असहमति जनाएको छ ।

प्रतिकृया दिनुहोस्