Tuesday, December 1

केएमसी अस्पतालको तेस्रो तलाबाट युवा हाम्फाले

October 19, 2020 116

काठमाडौं । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
खड्काको अवस्था गम्भीर छ । अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।
आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका हुन् ।

यो पनि पढ्नुहोस्

नारायणकाजी श्रेष्ठ एक्ला सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्
संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् ।

तर, उनीहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ ।

त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ ।

मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन् । यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन् ।

प्रतिकृया दिनुहोस्