
स्थागत निक्षेपकर्तामा ब्याज आम्दानी ४० प्रतिशतसम्म घट्दै
Posted in समाचार
१८ भदौ, काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले ९१ दिने संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ४ प्रतिशत तोकेको छ । केही महिना अघिसम्म यो व्याजदर ७ प्रतिशत हाराहारीमा थियो । बैंकले एक वर्षे (३६० दिन) मुद्दति निक्षेपका लागि ५ प्रतिशत व्याजदर तोकेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक कम ब्याजदर दिने बैंकमै गनिन्छ । तर अन्य बैंकको अवस्था पनि उस्तै छ । एनआईसी एशिया बैंकले ३ महिने संस्थागत निक्षेपका लागि व्याजदर घटाएर ५ देखि ५.१० प्रतिशत कायम गरेको छ । नयाँ आउने निक्षेपका लागि ५ प्रतिशत र नवीकरण हुने निक्षेपका लागि ५.१० प्रतिशत ब्याजदर तोकिएको हो । ६ देखि ९ महिनासम्मका लागि ६ प्रतिशतदेखि ६.१० प्रतिशत दिने उल्लेख गरेको एनआईसी एशियाले एक वर्षका लागि ६.५० प्रतिशत देखि ६.६० प्रतिशत दिने छ । यतिबेला सबै बैंकहरुले ब्याजदर घटाएका छन् । २ खर्ब रुपैयाँभन्दा माथि लगानीयोग्य रकम (तरलता) जम्मा भएपछि बैंकहरुले नि