
कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ? डा. हेमराज कोइराला
Posted in स्वास्थ्य /जिबनशैली
कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृत्युको जोखिम पनि रहँदैन ।
यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान लिने जोखिम रहन्छ । यसर्थ कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु ।
१. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज